ललितपुर ३ अपडेट: एमालेलाई पछि पार्दै तोसिमाले बनाइन् अग्रता

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौं | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै अग्रता बनाएकी छन् । 

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १,४८२ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १,४४८ मत ल्याएर खड्कालाई पछ्याउँदै छन् |  भने पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!