घण्टी र लौरोमा मत बाँडिदाको फाइदा: एमालेले खोल्यो पहिलो खाता

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ मा बिजयी खाता खोलेको छ । करिब आश मारिसकेको क्षेत्रमा एमालेले जित हाँशिल गरेको हो । यो क्षेत्रमा घण्टी र लौरो चुनाव चिह्नबीच मत बाडिएका कारण एमालेलाई जित सहज भएको विश्लेषण गरिएको छ ।

ठूला राजनीतिक दलको बिकल्प खोजेकाहरुले घन्टी र लौरोमा मतदान बाडेको कारण ललितपुर २ बाट एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन बिजयी भएका छन् । उनले १९ हजार ८३४ मत पाए । यसै क्षेत्रमा लौरो चिन्ह लिएर उठेका हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन साक्यले १० हजार ४४० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चिन्ह लिएर निर्वाचनमा उठेका बुद्धरत्न महर्जनले १० हजार १३६ मत प्राप्त गरेका छन् । यसै क्षेत्रमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाए । त्यस्तै राप्रपाबाट रघुबरराज थापाले ७ हजार ७९९ मत पाएका छन् । 

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!