कुपण्डोलमा सडक फुटेर पानी निस्किदा भासियो सडक

Posted on: 14 Sep, 2024

भदौ २९, ललितपुर । ललितपुरको कुपण्डोलमा आज दिउँसो प्रमुख सडक फुटेर पानी निस्किदा सडक नै भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको छ । 


कुपण्डोलबाट पुल्चोतर्फ जाने सडक फुटेर पानी निस्केको छ । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले  ढल फुटेर हो वा मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । 

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!