बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री महत

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

बीमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बीमा गरिसकेपछि भुक्तानीलगायतका विषयमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

जोखिम न्यूनीकरण गर्नका लागि बीमाको आवश्यकता छ धारणा अझै विकसित भइनसकेको भन्दै उनले बीमा सचेतनाको आवश्यकता रहेको बताए ।

बीमा गरिसकेकाहरुलाई आपत पर्दा बीमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बीमा विस्तारमा अवरोध पु¥याउने उनको भनाइ छ । उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकायले काम गर्ने तौरतरिकामा आमूल परिवर्तन ल्याउनुपर्ने सुझाव दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!