पल शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिधार्थीलाइ ज्याकेट बितरण (फोटोफिचर)

Posted on: 27 Jan, 2024

माघ १३, जाजरकोट | अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ । 

हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो । 

‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!