हुम्लाको खार्पुनाथमा झडप हुँदा १० जना घाइते

Posted on: 13 May, 2022

वैशाख ३०, सुर्खेत | हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । 

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । 

खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!