हुम्लाको सर्केगाडमा झडप हुँदा सहायक मतदान अधिकृतसहित म्यादी प्रहरी घाइते

Posted on: 20 Nov, 2022

मङ्सिर ४, हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृतिसहित तीनजना घाइते भएका छन्।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र दुईजना म्यादी प्रहरी रहेको डीएसपी कृष्णाराज ओझाले अन्नपूर्णलाई जानकारी दिए।


झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो।

बिहान करिब ८ बजेतिर सत्ता गठबन्धनका उम्मेदवार र स्वतन्त्रका उम्मेदवारका कार्यकर्ताबीच विवाद भएको हो। सोही क्रममा सहायक मतदान अधिकृत भण्डारी घाइते भएका हुन्।

त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो । तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!