माछा मार्नेक्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

Posted on: 20 Apr, 2024

बैशाख ८, गुल्मी | गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए।

मिया शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए। तर उनी साँझ सम्म घर नफर्किएपछि परिवार,स्थानीय र प्रहरीले खोजतलास गर्दा खोलाको किनारमा उनको तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याउने काम र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!