कम्मर तलको मासु निस्किएको अवस्थामा १० दिनदेखि सम्पर्कविहीन बालक मृत फेला

Posted on: 18 Dec, 2023

पुस २, गुल्मी | गुल्मीको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कविहीन बालक जंगलमा मृत फेला परेका छन्। हर्राचौर टुटिनाकी रम्बा थापा क्षेत्रीको ६ वर्षीय छोरा २२ मंसिरको दिउँसो २ बजेबाट परिवारको सम्पर्कमा थिएनन्।

बालकलाई सोमबार दिउँसो स्थानीयले घरदेखि एक किलोमिटर टाढा जंगलमा मृत अवस्थामा फेला पारेको चन्द्रकोट गाउँपालिका– ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिए।

बालक दृष्टिविहीन थिए। बालकको कम्मर तलको मासु निस्किएको अवस्थामा देखिएकाले मृत्युको कारणबारे अनुसन्धानपछि पत्ता लाग्ने सुवेदीले बताए। 

लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजतलास गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नै नेतृत्वमा प्रहरीको टोली घटनाबारे थप अनुसन्धानका लागि घटनास्थल हिँडेको जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!