चट्याङ लागेर गुल्मीमा १५ बर्सिया किशोरीको मृत्यु

Posted on: 13 Jul, 2023

असार २८,  गुल्मी | गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने  टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। घाइते बलाललाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!