गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारहरु विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी विजयी भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । 

नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत पाए । 

त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकि अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर विजयी भएकी छन् । यहाँ एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।

रेसुङ्गा नगरपालिकाका १० वडामा नेपाली कांग्रेसले र ४ वडामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । 

नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना विजयी भएका छन् । २०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख सहित ६ वडामा वडाअध्यक्ष जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!