समाज | गोरखा - GRK


गोरखामा गाडीबाट सामान झार्ने क्रममा लडेर एक जनाको मृत्यु

Posted on May 26, 2019 | views : 1449 | गोरखा - GRK

 जेठ १२, पोखरा । गोरखामा गाडीबाट सामान झार्ने क्रममा आज लडेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । बा३ख २५८३ नंको  स्वराज गाडीमा काम गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको विशालनगर बस्ने ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ । 

Read More

गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

Posted on May 23, 2019 | views : 4959 | गोरखा - GRK

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घी

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15978 | गोरखा - GRK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

गोरखा पत्रकार मञ्च गठन, गोर्खाली पत्रकारलाई आवद्ध हुन आव्हान

Posted on May 11, 2019 | views : 2521 | गोरखा - GRK

बैशाख २८, काठमाडौं । पत्रकारितामा क्रियाशील रहेका गोरखाका पत्रकारहरुको सक्रियतामा ‘गोरखा पत्रकार मञ्च’ भएको छ ।  विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोर्खाली पत्रकारहरुको काठमाडौंमा सम्पन्न भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार प्रद

Read More

विप्लप समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

Posted on May 05, 2019 | views : 2090 | गोरखा - GRK

वैशाख २२, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई आज पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

Read More

जन्ती जाँदा केटि जिस्काएको निहुँमा युवाको मृत्यु भएपछि १५ जना पक्राउ

Posted on May 02, 2019 | views : 2058 | गोरखा - GRK

बैशाख १९, गोरखा– गोरखामा केटी जिस्क्याएको निहुँमा जन्ती र बेहुलीपक्षबीच भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।  बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लि

Read More

जन्ती मारिएको विरोधमा प्रहरी कार्यालयमा ढुंगामुढा, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

Posted on May 02, 2019 | views : 2668 | गोरखा - GRK

वैशाख १९, गोरखा । बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेक

Read More

बेहुली र जन्ती पक्षबीच कुटाकुट, एकको मृत्य, १ जना घाइते

Posted on May 02, 2019 | views : 2287 | गोरखा - GRK

वैशाख १९, गोरखा । गोरखामा बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको हुन्। कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको

Read More

विवाहमा बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

Posted on May 02, 2019 | views : 1725 | गोरखा - GRK

बैशाख १९, गोरखा । गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार साँझ ७ बजेतिर पालुङटार ४ मा  भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको प्रहरीले जनाएको छ। घरेलु हतियारको प्रयोगबाट घाइते भएका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगि

Read More

पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश: ज्ञवाली

Posted on May 01, 2019 | views : 1669 | गोरखा - GRK

वैशाख १८, काठमाडौँ  | गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालील

Read More

गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on April 30, 2019 | views : 1794 | गोरखा - GRK

 वैशाख १७, पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थ

Read More

गोरखाका विपन्न महिलालाई अनुदान प्रदान

Posted on April 29, 2019 | views : 1497 | गोरखा - GRK

  वैशाख १६, गोरखा । शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ ।  गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपा

Read More

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on April 23, 2019 | views : 1508 | गोरखा - GRK

काठमाडौं । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । गण्डकी गाउँपालिका–३ मा  बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागि स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको मृत्यु भएको हो ।  बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए

Read More

गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो

Posted on April 16, 2019 | views : 2374 | गोरखा - GRK

वैशाख ३, काठमाडौं । मंगलबार गोरखा केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।  दुई दिनअघि

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18430 | गोरखा - GRK

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

गोरखाको विकासका लागि बहस

Posted on March 22, 2019 | views : 2457 | गोरखा - GRK

चैत ८, काठमाडौँ (रासस) | जन्मथलो गोरखा भएर विभिन्न सिलसिलामा जन्मस्थान बाहिर रहेका व्यक्तिहरूले जिल्लाको समग्र विकास निर्माण र गोरखाली जनताको समृद्धिको आकाङ्क्षा हासिल गर्न बहस थालेका छन् ।  गोरखा विकास मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, विभिन्न पेशा, व्यवसायमा छरिएर

Read More

चितुवा र कुकुरबीच डेढ घण्टा भिडन्त

Posted on March 22, 2019 | views : 2739 | गोरखा - GRK

चैत ८, गोरखा । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ ।  आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्यु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।  ‘बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै ज

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31569 | गोरखा - GRK

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20149 | गोरखा - GRK

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, गण्डकी प्रदेशबाट को-को परे ?

Posted on February 25, 2019 | views : 5095 | गोरखा - GRK

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18899 | गोरखा - GRK

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

विस्थापित बस्तीमा खानेपानीको अभाव

Posted on February 21, 2019 | views : 1565 | गोरखा - GRK

फागुन ९, गोरखा । गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।  उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको सिमलचौ

Read More

गोरखामा भूकम्पपीडितका लागि सामान घुम्तीकोष

Posted on January 30, 2019 | views : 1588 | गोरखा - GRK

माघ १६, गोरखा | गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ ।  पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो ।  पै

Read More

उत्तरी गोरखामा भारी हिमपात

Posted on January 23, 2019 | views : 2440 | गोरखा - GRK

माघ ९, गोरखा | उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।&

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16448 | गोरखा - GRK

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14663 | गोरखा - GRK

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13627 | गोरखा - GRK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11980 | गोरखा - GRK

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More