मधेश सरकार छिट्टै पुनर्गठन हुन्छ, मुख्यमन्त्री आलोपालो : उपेन्द्र यादव

Posted on: 12 May, 2023

वैशाख २९, जनकपुरधाम |  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारमा भएको गठबन्धनकै आधारमा मधेश प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेश सरकार पुनर्गठन हुने बताए । उनले मुख्यमन्त्रीमा आलोपालो हुने र अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने प्रष्ट्याए ।

उनले भने, ‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर, मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका, पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनःगठन चाँडै हुन्छ ।’

जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको भन्दै उनले जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!