मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रिहरुले लिए सपथ

Posted on: 07 Jun, 2024

जेठ २५, जनकपुरधाम | मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंह तथा मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । 

उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सतिश सिंहले सपथ लिएका हुन् ।

शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी  मुख्यमन्त्री नियुक्त भएका हुन्।

जनमत पार्टी नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ  र युवराज भट्टराई उद्योग,वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास,राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति,शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन्।

नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन्।

एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्। जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियुक्त भएकी हुन्। 

जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सतिशकुमार सिंहले नै सम्हाल्नेछन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!