मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

Posted on: 06 Jul, 2024

असार २२, जनकपुरधाम | मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार उनको पक्षमा ६७ जनाको मतका छन् ।

उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभाको बैठकमा शनिबार १०१ जना उपस्थित थिए ।

यस अघि  जेठ २८ मा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!