मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले, आज दुई बजे राजीनामा दिँदै

Posted on: 04 Apr, 2023

चैत २१, काठमाडौँ | मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज दुई बजे राजीनामा दिँदैछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले बताए। 

यादवले भने -'एमाले पार्टीले पनि तपाईहरु जस्तो सहज हुन्छ त्यस्तो निर्णय लिनुस् पहिला नै भनि सकेको थियो, हामी छलफलमै थियौँ, त्यही बीचमा मुख्यमन्त्रीज्यूले पनि सहजता बनाई दिन आग्रह गर्नुभयो, हामीले सरकार छाड्ने निर्णयमा पुग्यौँ आज दुई बजे राजीनामा दिँदैछौं ।’

यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छाड्दै छन् । मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!