खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न, अध्यक्षमा राजकुमार श्रेष्ठ

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ । खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बिहान काठमाडौंको ढुङ्गेधारास्थित छोरोल्पा पार्टी प्यालेसमा संस्थाको साधारणसभा तथा बन्दसत्र कार्यक्रम सम्पन्न भएको हो । 

सभामा सभाका सभापति समाजका अध्यक्ष कृष्ण बहादुर आलेले पुरानो कार्य समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डललाई नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गरेको अनुरोध सँगै निर्वाचक मण्डलले निर्वाचन प्रक्रिया अघि बढाइ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हो । समाजको सचिव पदमा लक्ष्मी पोखरेल, सहसचिव पदमा कपिल पोखरेल चयन भएका छन् । शुक्रबारको साधारण सभामा कार्य व्यस्तताको कारण उपस्थित हुन नसकेका कारण उपाध्यक्षमा भरत अधिकारी र कोषाध्यक्षमा मीन बहादुर खड्कालाई प्रस्तावित रुपमा चयन गरिएको छ । संस्थाका सदस्यहरुमा रवि अधिकारी, मान बहादुर श्रेष्ठ, सिता अधिकारी, पूर्ण बहादुर गुरुङ, ध्रुब कुमार श्रेष्ठ, रेशम बहादुर आले र राजु थापा चयन भएका छन् । 

समाजका सचिव नारायणदत्त पोखरेलले संचालन गरेको कार्यक्रमको संस्थाका तदर्थ समितिका अध्यक्ष कृष्ण आले मगरले सभापतित्व गरेका थिए । धादिङको ज्वालामुखी ५ (साविक खरी गाविस) बाट काठमाडौँमा बस्दै आएकाहरुको सदस्यता रहने गरि खुलेको यस संस्थाको केहि समय अघि पदाधिकारी को बन्ने र कसरी छान्ने भन्ने बिबाद भएपछि साधारण सभा केहि समयको लागि स्थगित भएको थियो । सदस्यताकै कारण साधारण सभा स्थगित भएपछि सदस्यता थप्ने कार्यलाई ध्यानमा राखी खरी सेवा समाज (धादिङ्ग) ले सदस्यता फारम भराई काठमाडौँमा बिभिन्न पेशा/व्यवसाय गरि बसेको खुल्ने कागजात सहित नयाँ सदस्यता तथा नवीकरण गराएको थियो । 

सभामा खरी सेवा समाज निस्वार्थ सामाजिक भावनामा चल्ने संस्था भएकोले कोहि कसैले व्यक्तिगत तथा समूहगत स्वार्थ नराख्न ध्यानाकर्षण गरिएको छ । खरी सेवा समाजको प्रस्तावित पदाधिकारीहरु सहित सदस्य मनोनयन गरि छुट्टै बैठक बसेर समाजको आगामी कार्यक्रम तय गरिने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् ।

खरी सेवा समाजमा हाल करिव एक सय २० जना भन्दा बढी सदस्यहरुले नयाँ सदस्यताका लागि फारम भरेका छन् । सदस्यता फारम अनुसार केहि फारम भेरिफाइ गर्न बाँकी रहेको बताइएको छ । नयाँ कार्यसमितिले नयाँ सदस्यता फारम अनुसार अझै धेरै सदस्यहरु थप्दै नियमित सदस्यता नवीकरण गराइने, संस्थाको सदस्यता व्यवस्थापन चुस्त दुरुस्त राख्ने र सदस्यता परिचयपत्र समेत छिट्टै वितरण गर्ने योजना बनाएको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!