बाग्लुङमा पहिरो: घाइते सबैको उद्धार, चारजना अझै बेपत्ता

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 


स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको  उपचार गरेका थिए । 

तीन जना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो । अन्य  घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!