बाग्लुङ-२ मा गठबन्धनका पौडेल अगाडि

Posted on: 22 Nov, 2022

मङ्सिर ६, बागलुङ । बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाउनुभएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहनु भएको छ । 

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!