भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

Posted on: 16 Aug, 2024

साउन ३२,  सुर्खेत । भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। 

कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। 

उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। 

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्। 

साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!