भरूवा बन्दुक, बारूद र छर्रासहित एक जना पक्राउ

Posted on: 04 Jun, 2024

जेठ २२, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रासहित सोही उपमहानगरपालिका-१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!