प्रहरीको मिलोमतोमा राति निजी घर भत्काएको आरोप

Posted on: 28 Jan, 2024

माघ १४, सिरहा | सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर  रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ । 

प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर  ५ का राजदेव कापरी सहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् । 

घर भत्काएको भन्दै आक्रोसित स्थानीयले शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए। 

इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए। 

जेसीभीसहित ३०÷४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि पुग्नुले प्रहरीको आइपुग्नुले उनीहरुबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका हुन् । 


‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपीट गरे । म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछिमात्र कार्यालयबाट निस्क े। घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने । 

घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो।’

घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।

तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तीको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो ।  


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!