खोलाले बगाउँदा एक ४ वर्षीय विद्यार्थीको मृत्यु

Posted on: 06 Jun, 2024

जेठ २४, सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला-२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!