रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या

Posted on: 30 Dec, 2023

पुस १४, रुपन्देही | रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक सात वर्षीया बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । 

नन्दनी कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!