धादिङमा मोटरसाइकल दुर्घटना: १९ वर्षीय विशाल केसीको मृत्यु

Posted on: 28 Jan, 2024

माघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएकाक मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!