रोल्पा बस दुर्घटना: तीन पुरुष र एक महिला सहित चारजनाको मृत्यु

Posted on: 08 Aug, 2023

साउन २३, दाङ | रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँचजनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा १८ जना सवार भएको बुझिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!