प्रचण्ड आउने भएपछि सुनापति गाउँपालिकामा सार्वजनिक बिदा!

Posted on: 02 Jan, 2024

पुस १७, रामेछाप | रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि सार्वजनिक बिदा दिएको छ। 

गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउने भएकाले सार्वजनिक बिदा दिएको हो। 

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीद्वारा हस्ताक्षरित सूचनामा पुस १९ गते प्रधानमन्त्री प्रचण्डबाट भवन उद्घाटन हुनेभएकाले सो दिन गाउँपालिकामा सार्वजनिक बिदा दिइएको उल्लेख छ। 

सूचनामा भनिएको छ, ‘सुनापति गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको मिति २०८०।०९।१९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुने भएकाले उद्घाटनका अवसरमा १९ गते बिहीबारका दिन गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, शिक्षण संस्था लगायत गाउँपालिका क्षत्रेभित्रका बैंक वित्तीय संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!