पर्वतले ५ गोल्ड मेडल जित्यो

Posted on: 27 Feb, 2019

शिला पाण्डे/ पर्वत । आठौ राष्ट्रिय खेलकुदका लागि पर्वतका ५ जना खेलाडी छनोट भएका छन् । तेक्वान्दो तर्फ गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा गोल्ड मेडल जित्दै ५ जना पर्वतबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश सिलवाल (६३केजी), इश्वर नेपाली (७४ केजी), लगन श्रेष्ठ (८० केजी), उत्तम मल्ल (८७केजी) र दिपक फगामी पुन (८७ पलस) मा गोल्ड मेडल जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका हुन् । त्यस्तै पर्वतको लागि तीन जनाले सिल्भल मेडल जितेका छन् । सिल्भर मेडल पाउनेमा गणेश नेपाली (५८ केजी), सोनिया माझी (४६), अमिसा सुवेदी (६७) रहेका छन् ।


त्यस्तै कास्य मेडल जित्नेमा आस्था शर्मा (४९केजी) र सुजन रोका (६८ केजी) रहेका प्रशिक्षक भरत श्रेष्ठले बताए ।
उनका अनुसार पुम्से ग्रुपमा सोनिया माझी, ज्योति क्षेत्री, जशिमा महतो, महिला सिङ्गलमा आस्था शर्मा, पुम्से पुरुषमा शमिर थापा मगर, मिलन विक र प्रशान्त परियारले जितेका छन्। पुरुष पुम्सेमा शमिर थापा मगर र पियर मेलमा समिर थापा मगर र आस्था शर्माले मेडल पाएका हुन् ।

खेलमा ८ जिल्ला सहभागी भएका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!