साहित्य | पर्बत - PBT


कविता - नियति कि नियत ?

Posted on February 18, 2017 | views : 4102 | पर्बत - PBT

-महेन्द्र केसी जब म अगाडि बढ्न खोज्छु हरेक पल बाधा अबरोधहरु खडा भैदिन्छ आफ्न्त भन्नेहरुनै तगारो बनिदिन्छ । हिजो उनकै कारण मेरो यात्रा रोकियो आज फेरि यात्रामा अबरोध गरियो । आखिर मेरै जिवनमा यहि चलिरहेछ  आखिर मलाई नियतीले हो कि  उनीहरुको नियतले किन यसरी पछ्याइरहेछ । सोच्छु अब त फुल्छु निमो

Read More

गजल–तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो

Posted on February 11, 2017 | views : 1693 | पर्बत - PBT

विनिता हमाल ठकुरी एउटै थियो गन्तव्य त बाटो फरक भयो एउटै थियो टेक्ने धर्ती माटो फरक भयो ।। मायाले मन रेट्दो रैछ घायल बनाएर बिछोडको घाउ मन भरी छ खाटो फरक भयो   तिमी मेरो हैन रैछौ म पनि त अर्कैकी थिए  तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो ।। – पोखरा 

Read More

गजल–जिबित रहदाको पीडा, फुकाएर पछुतो भो

Posted on February 11, 2017 | views : 1783 | पर्बत - PBT

तिर्सना तिमिल्सिना पलपलमा ब्यर्थै मुटु, सुकाएर पछुतो भो ।। नयनमै सारा आसु, छुपाएर पछुतो भो ।। सुखि नै त देखिन्थें म, यथार्थमा जिउदाखेरी ।। अनायासै आफ्नो चित्त, दुखाएर पछुतो भो ।। आफ्नै छाया यस्तो, निष्टुर होला सोचिन म ।। दुख पर्दा शिर यो सधै झुकाएर पछुतो भो ।। अचम्मकि मान्छे भनी, चिनिएछु सन्सार म

Read More

गजल -कैले केही सत्यता थिएन,म हासी रहनुमा ।

Posted on February 04, 2017 | views : 1240 | पर्बत - PBT

गजल  विनिता हमाल ठकुरी  मुटु जल्छ किनारमा उभिइ,प्यासी रहनुमा बरु मज्जा छ यादहरु बोकि,उदाशी रहनुमा । मन निचोर्दै बहकिदै ’गजल’हरु कोर्नु भन्दा आनन्द छ किसान रहनुमा,घाँसी रहनुमा । उसको कुरामा बल्ल आज नतमस्तक भय के छ ? अमर रहनुमा,अबिनाशी रहनुमा ।। खै के बुझ्यौ?तिमी मेरो झुटो अभिनयलाइ कैले

Read More

गजल

Posted on February 04, 2017 | views : 1282 | पर्बत - PBT

-भूमीराज शर्मा गुलेलीले आकाशका तारा झार्छु भन्छौ तिमी । हावामा महल बनाई बसाई सार्छु भन्छौ तिमी ।। दुनियाले फेरि कतै सताउने पो हुन कि भन्दै । काल्पनिक रेखा कोरी बार बार्छु भन्छौ तिमी ।। मायाको त्यो सागरको पानी यदि सुक्यो भने । टन्टलापुर घाम छेकी झरी पार्छु भन्छौ तिमी ।। थाहै नदिई टप्प टिपि लैजाने

Read More

कविता -शुभ कामना

Posted on January 28, 2017 | views : 1336 | पर्बत - PBT

तारा सुनुवार तिम्रा ती लामबद्द पाईलाहरू नेपाल आमाको सेवा नेपाली संन्तानको  रक्क्षाको निम्ति निस्कदै छ तिम्रा परेटहरूलाई शुभ कामना । नेपाल आमाको चिनारी चन्द्र,सूर्य झण्डा मुनि कसम खाएर देशको रक्षार्थ अघि सरेका पाईलाहरू नरोकियोस शुभ कामना । भिरपाखा,कुना कन्दरामा पुगेर आपत,बिपतको बेला ढाल बनेर

Read More

पाँच कवि पाँच कविता

Posted on January 13, 2017 | views : 2413 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव त

Read More

कुश्मामा माघेसंक्रान्तिमा तरुल खाँदै पाँच स्रष्टाका पाँच कविता सुन्न पाइने

Posted on January 07, 2017 | views : 1666 | पर्बत - PBT

पर्वत ।कुश्मा बजारमा  माघे सक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ ।  माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड–चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशीश लेखक संघ पर्वतले चाँजो–पाँजो मिलाएको हो । प्रगतीशिल लेखक संघ पर्वतले ‘पाँच कवि पाँच कविता’ शिर्षकमा

Read More

गजल -चौबन्दीको तुनामा तुनौकी तिमीलाई

Posted on January 03, 2017 | views : 1606 | पर्बत - PBT

तारा सुनुवार  चौबन्दीको तुनामा तुनौकी तिमीलाई मनभित्रको कुनामा थुनौकी तिमीलाई । कम्मरैमा बेरेर राखौ झै सधै भरी पटुकिको झुम्कामा उनौकी तिमीलाई । आभास छोडयो न्यानो ,हरेक पल पछेउरीको सप्का झै ओडौकी तिमीलाई । सिंगारको गहना गाजल बनाएर  परेलीको सुरमा छोडौकी तिमीलाई । एकान्तमा सुटुक्कै म मा

Read More

कविता -कुरा ५१ प्रतिशतको

Posted on December 25, 2016 | views : 1590 | पर्बत - PBT

-तारा सुनुवार देखावटी आवरण आहा, कति चिटिक्क परेको आवरण भित्र डरलाग्दो भयानक खापैखाप परेको पत्रे चटान सरी  पिडा,व्याथा, कथा खाप्टिरहेका छन् । ५१ प्रतिशतको कुरा गर्न सबै सिपालु ५१ प्रतिशतहरु कति गर्भमै मारिन्छन् ठुलो लडाई पछि जन्मन्छन् जन्मेको केही समय पछि नैतिक शिक्षा पढाइन्छ नानी राम्रो र जागर

Read More

संङ्गमद्धारा ५ स्रष्टा सम्मानीत

Posted on December 25, 2016 | views : 1138 | पर्बत - PBT

पर्वत ।  जिल्लामा     रहेको पर्वत साहित्य संगमले पाँच जना स्रष्टालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संङ्गमले पूर्व घोषणा गरेको पुरस्कार र सम्मानीत हुने स्रष्टाहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।  नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपा

Read More

गजल-बैनीको हातको टिका लाउन हिडियो घर

Posted on October 30, 2016 | views : 1423 | पर्बत - PBT

महेन्द्र केसी बैनीको हातको टिका लाउन हिडियो घर साथीभाईसँगै देउसी गीत गाउन हिडियो घर ।सवका दाजु घर आउँदा, म नपुग्दा के होला बैनीको मनमा त्यसैले बैनीको मुहारमा खुसि छाउन हिडियो घर ।।सप्तरंगी टिका, मखमली माला लगाएर  चिटिक्क परीदाजुभाई दिदीबहिनीसँगै रमाउन हिडियो घर ।।हजुरहरु पनि जानुहोला रमाउनुहोल

Read More

कविता- हैन के भएको ?

Posted on October 22, 2016 | views : 1583 | पर्बत - PBT

-देवराज पुरी विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी  बेच्न  डुल्नै  नपर्ने ।खेतीयोग्यजमिनबाँझो,कोठाको  बासमाजोहो ।बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा । वास्तविकताको चुरो एकातिर, राजनीतिले बढार्यो अर्कैतिर । राजनीतिक

Read More

गजल-यस पालिको दशैं पनि मान्न गाह्रो भो ।

Posted on October 01, 2016 | views : 1772 | पर्बत - PBT

भूमिराज शर्मा यस पालिको दशैं पनि मान्न गाह्रो भो । आङ ढाक्ने नयाँ लुगा छान्न गाह्रो भो ।। वल्लो पल्लो घर घोर्ले खसी ढलाउंदा । किन भोकै बस्नु परयो जान्न गाह्रो भो ।। अभाब र गरिबीको दुष्चक्रमा फसेंको छु । दशैं लाई बिजयोत्सब ठान्न गाह्रो भो ।। दिन रात मरी मरी परिश्रम गर्दा पनि । एक मुठी सास अझै

Read More

केही चोकाहरु

Posted on September 27, 2016 | views : 1515 | पर्बत - PBT

-शान्तिनारायण श्रेष्ठ हली बिचराखेतबारी जोतनुकर्म सम्झन्छसाहुलाई पोसनुधर्म सम्झन्छछोरा छोरी बिरामीस्वास्नी मेलामापाउँदैन आधापेट्खान बेलामाकठ १ बरी भन्दिने।कोही छैन धन्दिने ।सन्ते बिचराभन्ज्याङ्को चौतारीमाभारी बिसाइलामो सास फेरेरपुस्दै पसिनाहे(यो पल्लो डाँडामासूर्य डुवेकोहेर्ने कोही भएनआफू दुखेकोगरिबी

Read More

कबिता "रहर"

Posted on September 25, 2016 | views : 1778 | पर्बत - PBT

भूमीराज शर्मा पल्लाघरे साहुको छोरा बोर्डिंग पढ़न जान्छ । बोर्डिंगमा अंग्रेजी पढ़छ मीठो खाजा खान्छ ।। म त हजुर गरीबको छोरो स्कूल सरकारी । एक छाक खान पाउनु छैन ढ़िडो तरकारी ।। उस्लाई लिन बस आउछ जान्छ त्यसमा चढ़ी । डॉक्टर पाइलट इन्जिनियर बन्छ रे ऊ पढ़ी ।। म त गर्छु बिहान बेलुका उकाली ओराली । मैले पढ़ी बन्

Read More

गजल

Posted on September 25, 2016 | views : 1596 | पर्बत - PBT

भूमीराज शर्मा प्रश्न गर्छु आफैलाई मैले पढ़न जानिन कि ।कतै मैले चुपचाप तिम्रो आदेश मानिन कि ।।स्कूल धाएँ कलेज धाएँ डिग्रीहरु हात पारें ।बेरोजगार जिन्दगी भो राम्रो शिक्षा छानिन कि ।।चाकडी र चाप्लूसीको जमाना पो रैछ ऐले ।कतै मैले कुसंस्कारको बिंडो अझै धानिन कि ।।घुस पेस चल्दो रैछ कदर छैन योग्यताको ।नाता

Read More

गीत- किन दुख्छ छाती

Posted on September 24, 2016 | views : 1459 | पर्बत - PBT

हिजो आज त्यसै त्यसै किन दुख्छ छाती । संसारका दुख पीड़ा झरेछन मैं माथी ।। न ब्यूझिन सकेको छु न सक्छु निदाउन । आफ्नो मन आफैलाई थाल्यो बिझाउन ।। तारा टिपी ल्याइ दिने भेटिन नि साथी । संसारका दुःख पीडा झरेछन मै माथी ।। रुन खोज्छु आँखाबाट आउंदैन नि आँशु । छिया छिया मुटु बोकी कसरी म हाँसु ।। आफन्तले त्

Read More

गजल अहिलेको मान्छे

Posted on September 21, 2016 | views : 1698 | पर्बत - PBT

-भूमिराज शर्मा आफैलाई ठेस लाग्ने, ढूंगो फाल्दैन मान्छे ।सुन्दर फूल मन पार्छ, पानी हाल्दैन मान्छे ।।पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।अहिले गफमात्र गर्छ, सिन्को ढाल्दैन मान्छे ।।हिजो सडक चौतारो, पोखरी आफै

Read More

गजल-कथा लेख्दै छ यो मान्छे

Posted on September 21, 2016 | views : 1369 | पर्बत - PBT

-तिर्सना तिमिल्सीना बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे यसै टाढा भई जाने उसै टाढा भई जाने हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे नचाहेरै उषालालि लिने कोसिस गरेरै यो जहर घोल्दै बिहानिको कथा लेख्दै छ यो मान्छे अधेँरिमा बसि रोयो चिच्चाउदानि सुनेन रे स्वयं

Read More

कविता - गुप्तेश्वर महादेव

Posted on September 17, 2016 | views : 1486 | पर्बत - PBT

-सुन्दरप्रसाद जोशी (बादल) गुप्तेश्वर महादेवकुसुपुर पार्वती माताको कृडास्थलकुशै कुशको फुलवारी कुश्मा बजारकाली गंगा मधु नदिको संगम मोदीवेणीनृसिङ मन्दिर, अमुल्य शालिग्राम उत्तरायण कुश्मा बजारशिव बाबा धनेश्वर शिवालय १९१८ को मन्दिरनारायण मन्दिर, भिमेश्व्र सरस्वती लक्ष्मी १९६४ को मन्दिरशिव मन्दिर अरु धेरै

Read More

गजल-पग्लिएको साबुनको गाज जस्तै बनेको छु

Posted on September 13, 2016 | views : 1481 | पर्बत - PBT

-भुमिराज शर्मा शीरबाट खसेको त्यो ताज जस्तै बनेको छु । पग्लिएको साबुनको गाज जस्तै बनेको छु ।। खै कसरी चुम्न सक्छु अब मैले गन्तब्यलाई । पखेटाहरु काटिएको बाज जस्तै बनेको छु ।। टूटी गए सपनाहरु अबरुद्ध छन मार्ग हरु । कुहिरोबीच हराएको ज'हाज जस्तै बनेको छु ।। मरुभूमिमा पानी खोज्दै तृस्ष्णा

Read More

कविता: 'म' र 'म'मा यहि फरक छ' (भिडियोसहित)

Posted on September 07, 2016 | views : 1498 | पर्बत - PBT

मेरो एउटा पुच्छर छ चार खुट्टामा म देखिएको छु । तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु  किनकी म मा इमान्दारीता छ , नैतिकता छ । चे भनरे बोलाउँदैमा मलाई फरक पर्दैन  किनकी मलाई बोलाउने भाषा हो तर विडम्बना  म भन्नेहरुमा मसँग तुलना गर्ने गुणहरु छैनन् । राष्ट्रसेवकको पद धारण गरेका उनीहरु 

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 103072 | पर्बत - PBT

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 93305 | पर्बत - PBT

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 88679 | पर्बत - PBT

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34406 | पर्बत - PBT

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More