नमुना बिद्यालयमा समुदायको आकर्षण बढ्दै

Posted on: 04 Dec, 2018

कमल घिमिरे।मंसिर १८।पाँचथर,  सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खच्किदै गएको बेला पाँचथरको कुम्मायक गाउँपालिका– ५ कागेश्वरी आधारभुत बिद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।

  अभिभावकले चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेसँगै समुदायको आकर्षण बढेको हो । वि.सं.२०५३ सालमा स्थापना भएको सो बिद्यालयको सैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावकले सक्रियता देखाएका थिए । उनिहरुको सक्रियता र शिक्षकको मेहेनतका कारण अहिले बिद्यालय नमुना बनेको हो । अन्य बिद्यालयका शिक्षक र अभिभावकहरु सल्लाह र सुझाव लिन आउँने गरेको शिक्षक नवराज सुवेदीले सुनाए । मोरङ जिल्लाबाट पहिलो पटक बिद्यालयमा आएका उनै नवराज अहिले जनप्रतिनिधि र अभिभावको प्रिय भएका छन । बिद्यार्थीे केन्द्रित शिक्षणसिकाई बिधिबाट शिक्षण सिकाई क्रृयाकलाप गर्दै आएका उनि सामाजका असल शिक्षकमा गनिएका छन । आफुले पठन–पाठन गराएका बालबालिकाहरुको शैक्षिक क्षमताको बिकास भएर गएको नवराजले बताए ।समुदाय र बिद्यालयले चाहेमा मात्र सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार हुने सुबेदीको भनाइ छ ।

बिद्यालयलाई नमुना बिद्यालय बनाउँन अभिभावकले ७ लाख रुपयाँ चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेका थिए । उनिहरुले अंग्रेजी पढाउँने शिक्षकलाई मासिक १८ हजार रुपैयाँ तलव दिएका छन भने खाने बस्ने ब्यवस्था समेत अभिभावकले नै गर्दै आएका छन् । बिद्यालयमा प्री नर्सरी, नर्सरी र एल.के.जी.मा कक्षा संचालन हुदै आएको बिद्यालयका प्र.अ. प्रेमचन्द्र आचार्यले बताए । अहिले निजि बिद्यालयमा पढ्दै आएका बालबालिकाहरु पनि सामुदायिक बिद्यालयमा आउँन थालेको प्र.अ. आचार्यको भनाइ छ । पहिला बिद्यार्थीको संख्या ५० थियो । अहिले बढेर ७६ पुगेको छ । यो अभिभावक र हाम्रा शिक्षको मेहेनत हो, उनले भने । माझी र भुजेल समुदायको बसोबास रहेको उक्त क्षेत्रमा बाख्रा, कुखुरा बेचेर छोराछोरीलाई पढाउँदै आएका छन् । कुम्मायक गाउँपालिकाले गाउँपालिकाकै उकृष्ठ बिद्यालय भएको भन्दै सोही बिद्यालयलाइ ५० हजार नगद सहित पुरस्कृत गरेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । ‘गाउँपालिकामा सोही  बिद्यालयको अध्ययन गरेर अन्य माबि र निमावी तहमा पनि अंग्रेजी माध्यम लागु गरेको चेम्जोङले बताए ।   

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!