फाल्गुनन्द गाउँपालिकाले कृषी तथा सडकलाई मुख्य प्राथमिकतामा राख्ने

Posted on: 05 Jun, 2022

कमल घिमिरे । जेठ २२ । पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षमा आधारभुत आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएको छ । 

पालिकामा अझै पनी मुख्य समस्या आधारभुत आवश्यकता नै भएकोले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडकलाई मुख्य प्राथमिकतामा राखेर वजेटको योजना बनाइने गाउँपालिकाका अध्यक्ष वृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । 

फाल्गुनन्द गाउँपालिका कृषिमा सम्भावना भएको पालिका हो । कृषिलाई उच्च प्राथमिकतामा राखेर कृषिजन्य वस्तुहरुको उत्पादन देखी बजारीकरण गर्ने सम्मका लागी विशेष योजना ल्याउने पालिकाले जनाएको छ । पालिकामा कोल्ड स्टोर निर्माण गर्न  सम्झौता चरणमा गइसकेको र यही वर्षमा ठेक्का सुरु हुन सक्ने बताइएको छ । पालिकाको ७ वटै वडामा त्यहाँ उत्पादन हुने अकबरे खुर्सानी, किवी, चिया लगायतको कृषिजन्य वस्तुहरुको उत्पादन र बजारीकरण गर्न विशेष योजना ल्याइने प्रतिवद्धता गरेको छ । 

यस्तै सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी लागी पर्ने, पालिकाको केन्द्र र मेची राजमार्गलाई जोड्ने मुख्य सडकहरुलाई स्तरउन्नती गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्रवर्धन गरिने, वैकल्पिक उर्जालाई प्राथमिकता दिइने पालिकाले जनाएको छ । फाल्गुनन्द गाउँपालिकाको इतिहास बोकेको सेहोनाम्लाङ( छाला सुकुवा)मा इतिहास झल्किने पार्क निर्माण गरी पर्यटकहरुको आकर्षण गराउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । 

 फालगुनन्द गाउँपालिकाको सहयोग र  नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा जनप्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रममा पालिकाको विद्यमान अवस्था र आगामी योजनाको बारेमा छलफल भएको हो । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!