ढुङ्गाले हानेर साथीको हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ

Posted on: 31 Aug, 2024

भदौ १५, त्रिशूली | नुवाकोटमा साथीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । 

म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकार सहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!