'निर्वाचन आचारसंहिता संविधानसँग बाझियो' - नगरपालिका महासंघ उपाध्यक्ष

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौं ।नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् ।

१५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका उपमेयरसमेत रहेकी ढुंगानाले आपत्ति जनाएकी हुन् ।


उनले न्युज कारखानासँग भनिन्, ‘बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवारी दिन सक्छन् । तर, राजीनामा दिनुपर्ने व्यवस्था कहिँकतै छैन । १ दिन अगाडि राजीनामा दिनु भनेको पनि कानुन विपरीत हुन्छ । संविधानले स्थानीय तहका जनप्रतिनिको कार्यकाल पाँच वर्ष भनेको छ । आचारसंहिता संविधानसँग बाझिएको छ ।’

यसबारे नगरपालिका संघको बैठक बस्ने उनले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!