नुवाकाेटमा हेलिकाेप्टर दुर्घटना

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । नुवाकाेटमा हेलिकाेप्टर दुर्घटना भएकाे छ । शिवपुरी गाउँपालिका–७ मा हेलिकाेप्टर खसेकाे गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । 

अहिले दुर्घटनास्थलमा प्रहरी पुगिसकेकाे प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । हेलिकाेप्टरमा चार जना सवार रहेकाे बताइएकाे छ । उनीहरूकाे अवस्था थाहा हुन सकेकाे छैन । 

थप विवरण आउन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!