कांग्रेस प्रवक्ता महत गोरु जुधाइ हेर्न हेलिकोप्टर चढेर तारुका पुगेपछि...

Posted on: 16 Jan, 2023

माघ २, नुवाकोट | माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाइ मेला हुँदै आएको छ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा यसपालि पनि आइतबार गोरु जुधाइएको थियो । 

सोही कार्यक्रममा प्रमुख अथिति थिए नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महत । उनी हेलिकोप्टर चढेर नुवाकोटको तारुका पुगेका थिए । तारकेश्वर गाउँपालिकास्थित तारुकामा आइतबार गोरु जुधाएको हेर्न कांग्रेस प्रवक्ता महत काठमाडौँबाट हेलिकोप्टर चढेर पुगेका थिए । महतसहित गाउँपालिका अध्यक्ष शिव अधिकारी काठमाडौंबाट हेलिकप्टरमा तारूका पुगेका थिए ।  काठमाडौंबाट नुवाकोटको तारकेश्वर गाउँपालिका जान गाडीमा करिब साढे दुई घण्टा समय लाग्छ ।

हेलिकोप्टर चढेर कांग्रेस नेता महत गोरु जुधाइ हेर्न पुगेपछि उनको आलोचना समेत भइरहेको छ । सामाजिक सन्जालमा एकथरीले गाउँपालिकाले छुट्याएको बजेट खर्च गर्दै महत हेलिकोप्टर चढेर तारुका पुगेको भन्दै आलोचना गरिरहेका छन् । तारकेश्वर गाउँपालिकाले गोरु जुधाइ कार्यक्रमका लागि आठ लाख बजेट छुट्याएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!