हरिवंशले भने– नाकभित्रको नसा फुटेको रहेछ, अहिले सामान्य अवस्थामा छु

Posted on: 22 Jul, 2024

साउन ७,  काठमाडौँ । अभिनेता हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्। 

कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। 

नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

उपचार गराइरहेका हरिवंशले आफ्नो नाकभित्रको सानो नसा फुटेको बताएका छन्। 

अहिले त्यसलाई टाल्ने काम भइरहेको उनले फेसबुकमा उल्लेख गरेका छन्। 'अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु,' उनले लेखेका छन्। 

आफ्नो स्वास्थ्यप्रति सद्भाव प्रकट गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!