मन्त्री लिम्बुकी पत्नी गङ्गाको गएराति निधन

Posted on: 12 Jan, 2024

पुस २७, विराटनगर | मातृ वियोगको केही महिना पछि नै  युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । 

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो । 

शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी केही महिना अघि आफ्नी आमाको समेत निधन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!