कोशी प्रदेशमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

Posted on: 09 Feb, 2024

माघ २६,  विराटनगर । कोशी प्रदेशमा लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आज ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ ।

मुख्यमन्त्री कार्यालय कोशीका अनुसार ४ जनालाई मन्त्री बनाउने तयारी छ । एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार माओवादीबाट २ जना र काङ्ग्रेस बाट १ जना राज्यमन्त्री सहित ३ जना मन्त्री नियुक्त हुने छन् ।

माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी छ । यस्तै कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री बन्ने छन् । इन्दिरा थापा भने राज्यमन्त्री बन्ने छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!