मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

Posted on: 23 Apr, 2024

बैशाख ११, महोत्तरी | बर्दिबासमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ | दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!