नापी कार्यालयका अमिन र सर्वेक्षक घुष सहित पक्राउ

Posted on: 05 Apr, 2022

चैत २२, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ नापी कार्यालय चाबहिल १ नम्बर टोली बुढानीलकण्ठ कार्यालयका अमिन तथा सर्वेक्षकलाई घुस रकम सहित पक्राउ गरेको छ । 

हालसाविकको पुर्जा दिलाईदिने प्रयोजनमा नापी कार्यालयबाट खटिएका अमिन प्रकाश राज भट्ट र सोहि कार्यालयका सर्वेक्षक बिनोद केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगले पटक-पटक पक्राउ गर्ने प्रयास गर्दा पनि सफल हुन सकेको थिएन । तर सेवाग्राहीसँग बुढानीलकण्ठमा कार्यालय रहेको उनिहरुले ललितपुर स्थित पाटन हस्पिटलमा घुस लिने कार्य गरेको पाइएको छ । सो क्रममा घुस लिंदालिंदै आयोग टोलीले केसी र भट्टलाई घुस रकम सहित पक्राउ गर्न सफल भएको हो । 


घुस लिन सक्रिय केसी र भट्टले बुढानीलकण्ठ स्थित हाल साविक कार्यालयमा कार्यरत रहंदा सेवा ग्राहीसँग हालसाविक पुर्जा दिलाउने नाममा घुष लिँदै आएको गुनाशो आएको थियो । पीडितकै उजुरीको आधारमा भ्रष्टचार बिरुद्ध नागरिक अभियानको टोलीको सहयोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । 


पक्राउ परेका केसी र भट्टले सेवाग्राहीलाई घुस लिएर पुर्जा दिने योजना सहित गएको आयोगको अनुसन्धानको क्रममा पुष्टि भएको छ । उनीहरुको साथबाट सेवाग्राहीको लालपुर्जा समेत बरामद भएको छ । साथै घुस बापतको नगद एक लाख, उनीहरुको झोलामा भएको स्रोत नखुलेको थप एक लाख र बिभिन्न बैंकका साढे ५ लाखको चेक बरामद भएको छ । 

आरोपिहरुलई पक्राउ गर्ने क्रममा मंगलबार अबेर ललितपुर खटिएको अख्तियारको टोलीले राति १० बजेसम्म खटिएर उनिहरु बिरुद्ध कारवाही प्रकृया अगाडी बढाएको छ । 

तश्वीर: अनिल अधिकारी/सास

यस बिषयमा तपाइको प्रतिक्रिया...!