सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

Posted on: 17 Aug, 2024

भदौ १, काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान ६ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।

प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताएका छन् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडक खण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!