१५ लाख रुपैयाँ घुस रकमसहित बनेपाका वडाध्यक्ष पक्राउ

Posted on: 18 Jan, 2024

माघ ४, काठमाडौं | १५ लाख घुससहित अख्तियारको टोलीले बनेपाका वडाध्यक्षलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!