चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on: 20 Aug, 2023

भदौ ३, काभ्रे | काभ्रेमा चिर्पट प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका-१२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!