जाजरकोट केन्द्रबिन्दु भएर गयो भूकम्प

Posted on: 06 Jun, 2024

जेठ २४, काठमाडौँ | जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!