भीमसेन थापा गाउँपालिकामा आज (मंगलबार) सार्वजनिक बिदा

Posted on: 25 Jul, 2023

साउन ९, गोरखा | गोरखाको भीमसेनथापा गाउँपालिकाले आज (मंगलबार) आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।

गाउँ कार्यपालिकाको असार १४ को बैठकबाट निर्णय गरेएर पालिकाभर सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

जन्म जयन्तीको अवसरमा मंगलबार वडा नम्बर ८ को चण्डीथानमा अवस्थित भीमसेन थापाको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम पनि आयोजना गरिएको पालिकाले जनाएको छ । वि सं १७१८ मा जन्मिएका थापाको वि सं १७८२ मा निधन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!