मनकामनामा गुठी पञ्चमी पूजामा सहिद लखनमा सार्वजनिक बिदा

Posted on: 10 Nov, 2022

कात्तिक २४, पोखरा | गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय गरेको हो । मनकामनामा २७ कात्तिकमा विशेष मेला पनि लाग्छ । 

गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार गुठी पञ्चमी त्यहाँका स्थानीयको विशष चाड हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने जानकारी गराएको छ । 

गुठी पञ्चमीका दिन सार्वजनिक बिदा सम्बन्धी सुचना | शहिद लखन गाउँपालिका, गाउँ  कार्यपालिकाको कार्यालय,

यस बिषयमा तपाइको प्रतिक्रिया...!