गोरखामा जिप दुर्घटना अपडेट : मृतक पाँच जनाको पहिचान खुल्यो

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | गोरखामा जन्ती बोकेको जिप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक दर्जन घाइते भएका छन् । 

सहिद लखन गाउँपालिका–२ सिलिङतर्फ जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ४ जना पुरुष र एक जना महिला रहेका छन् ।

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४  वर्षका धनबहादुर थापा रहेका छन् ।

१९ जना सवार उक्त जिप सडकबाट तल पर्ने खोंचमा खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!