गजुरीमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

Posted on: 02 Sep, 2024

भदौ १७, काठमाडौं । धादिङको गजुरीमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ ।

गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बिहान सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

अहिले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!