धादिङ निर्वाचन सुरक्षाको हिसावले अतिसंवेदनशील जिल्ला

Posted on: 08 Nov, 2022

कात्तिक २२, धादिङ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले धादिङलाई नै अतिसन्देदनशीलको सूचिमा राखेको छ ।

जिल्ला भरका कुल एक सय १४ मतदान स्थल मध्ये एक सय चार वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचिमा सूचिकृत हुनुले निर्वाचन सुरक्षाको हिसावले अतिसंवेदनशील मानिएको हो । सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए । सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरेको हो । 

धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । राजनीति दल र स्वतन्त्र गरी प्रतिनिधि सभा सदस्यका लागि २८ जना र बागमती प्रदेश सभाका लागि ३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!