दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

Posted on: 13 Mar, 2023

फागुन २९, दैलेख । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!